ताजा खबर

अबदेखी पत्रकार प्रेस प्रतिनिधि प्रमाणपत्र, नविकरण जिल्ला हुलाक कार्यालय बाट लिन सकिने

२४ मंसिर, काठमाण्डौ । पत्रकाहरुले जिल्ला हुलाक कार्यालयबाटै प्रेस प्रतिनिधि प्रमाणपत्र लिन वा नवीकरण गर्न पाउने भएका छन् । सञ्चार तथा सूूचना प्रविधिमन्त्रीले सूचना विभागका महानिर्देशकको अधिकार प्रत्यायोजनको निर्णय गरेका हुन् .

अब प्रेस प्रतिनिधि प्रमाणपत्र लिन जिल्ला हुलाक कार्यालयमा निवेदन दिनुपर्नेछ । त्यही कार्यालयमा आवश्यक कागजपत्र हेरेर विभागमा पठाउनेछ र प्रेस प्रतिनिधि प्रमाणपत्र पठाउनेछ ।

यस्तै प्रेस प्रतिनिधि प्रमाणपत्र र अनलाइन नवीकरणको अधिकार जिल्ला हुलाक कार्यालयलाई नै दिईको छ ।