दल खोलेर प्रतिस्पर्धामा आउन ज्ञानेन्द्र शाहलाई शेरबहादुर तामाङ चुनौती

२० मंसिर, काठमाण्डौ । आजभभोलि देशैभरी राजावादीहरु सडकमा आएर राजा आऊ भनिरहेको बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य शेरबहादुर तामाङले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति दल खोलेर प्रतिस्पर्धामा आउन चुनौती दिएका छन् ।

पूर्वमन्त्री समेत रहेका तामाङले भने, ‘पूर्व राजालाई कुनै पार्टीमा आउनुहुन्छ र कुनै पार्टी बनाएर आउनुहुन्छ भने स्वागत छ, प्रतिस्पर्धा गर्न तयार छौं ।’ कसैले सडकमा आएर राजा आऊ भन्दैमा नआउने बताए । उनले यो संविधान बाहेक देशमा अर्को संविधान हुन नसक्ने बताएका छन् ।