प्रधानमन्त्री ओली संघीयता र गणतन्त्र समाप्त पार्ने खेलमा लागेको देखिन्छ

जसपा अध्यक्ष , उपेन्द्र यादव

२० मंसिर, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले बर्तमान प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली गणतन्त्र समाप्त गर्ने खेलमा लागेको आरोप लगाएका छन् । ओली यस्तो खेलमा लागेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै अर्का अध्यक्षले बताइसकेको बताएका छन् ।

पार्टी निकट नेपाल बौद्धिक पेशाकर्मी महासंघद्वारा शनिबार जनकपुरधाममा आयोजना गरिएको ‘नेपालको बर्तमान राजनीति सन्दर्भ’ बिषयक अन्तरक्रियामा यादवले भने, ‘नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै ओली गणतन्त्र समाप्त पार्ने खेलमा लागेको भनेर आफ्नो प्रतिवेदन पेश गर्नुभएको छ । यसले प्रधानमन्त्री ओली संघीयता र गणतन्त्र समाप्त पार्ने खेलमा लागेको देखिन्छ ।’

देशमा व्यवस्था परिवर्तन हुँदै गएपनि शासक वर्ग परिवर्तन हुन नसक्दा यस्ता समस्या आउने गरेको उनले बताए । ‘शाषकवर्ग परिवर्तनन नभएकै कारण हासिल भएका उपलब्धीहरू गुम्ने खतरा बढेको छ’ उनले भने, ‘बर्तमान सरकार नै देशलाई धरासाही बनाउन उदृत छन् ।’