‘जहाँ गएपनि म प्रधानमन्त्री पनि छाड्दिन, अध्यक्ष पनि छाड्दिन,

केपी शर्मा ओली

२० मंसिर, काठमाण्डौ । आज बसेको सचिवालय बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले दुबै पद नछाड्ने अडान दोहो¥याएका छन् बालुवाटारमा आज बसेको ३ घण्टा लामो सचिवालय बैठकमा पार्टीभित्रको संकट समाधानमा सहमति नजुटेपछि नेताहरुले दुवै प्रतिवेदन तल्लाका कमिटीमा लगेर छलफल गर्दै निर्णयमा पुग्ने बताएका थिए ।

नेताहरुले यस्तो धारणा राखेपछि अध्यक्ष ओलीले जहाँ गएपनि आफूले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछोड्ने अडान दोहोर्याएका हुन् ।

‘जहाँ गएपनि म प्रधानमन्त्री पनि छाड्दिन, अध्यक्ष पनि छाड्दिन,’ ओलीले बैठकमा भनेको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘यो स्थायी समिति पनि काम छैन । यसले केही काम पनि गर्न सक्दैन ।

ओलीले यस्तो बताएपछि आइतबारका लागि स्थायी समिति बैठक बोलाइएको छ भने ओलीले अब स्थायी समितिको फेस गर्नुपर्ने भएको छ । स्थायी समितिमा दुबै अध्यक्षको प्रस्ताव छलफलका लागि पेश हुनेछ भने ओलीलाई दुईमध्ये एक पद छाड्न बाध्य बनाउने रणनीति प्रचण्ड माधव नेपाल समूहको रहेको बुझिएको छ ।