Breaking News

कम्युनिष्टहरु एक ठाउँमा नआउँदासम्म दलाल संसदीय व्यवस्थाको अन्त्य नहुने

२० मंसिर, काठमाण्डौ । विप्लव नेकपा कालिकोट जिल्लाको एरिया नम्बर २ को मेहेलमुडीमा राजनीतिक प्रशिक्षण कार्यक्रम गरेको छ । एरिया इञ्चार्ज बिसाखर जैसीको अध्यक्षता, जिल्ला इञ्चार्ज विराट र आर्थिक विभाग सदस्य निर्देशनको उपस्थितिमा प्रशिक्षण कार्यक्रम भएको हो ।

बदालकोट रकु र मेहेलमुडीका पार्टी सदस्यहरुको उपस्थितिमा भएको प्रशिक्षण कार्यक्रममा बोल्दै अतिथि विराटले सबै कम्युनिष्टहरु एक ठाउँमा नआउँदासम्म दलाल संसदीय व्यवस्थाको अन्त्य नहुने ठोकुवा गरेका छन् ।

बानेश्वरको भवनमा कराएर समाजवाद नआउने भन्दै विराटले समाजवादका लागि संघर्ष बाहेक अर्को विकल्प नभएको बताए ।

उनले त्यसका लागि असल कम्युनिष्टहरुको एकता जरुरी रहेको धारणा राखेका थिए । अर्को प्रसंङ्गमा विराटले कम्युनिष्ट सरकार असफल भए त्यसको विकल्प कांग्रेस हुन नसक्ने दाबी गरे ।

विराट