नेकपा सचिवालय बैठक सकियो : दुबै अध्यक्षको प्रतिवेदन भोलि बस्ने स्थायी कमिटीमा पेस गर्ने

२० मंसिर, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बसेको सचिवालय बैठकले अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डको प्रतिवेदन स्थायी कमिटीमा पेस हुने निर्णय गरेको छ ।

सचिवालयको शनिबार बसेको बैठकले पूर्व निर्धारित समयअनुसार भोलि आइतबार १ बजे स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ । ‘पार्टीको संकट निवारणबारे स्थायी कमिटीमा नै छलफल गर्छौं’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘दुवै अध्यक्षको प्रतिवेदन पनि स्थायी कमिटीमा प्रस्तुत हुन्छ ।’