समाजवादी कम्युनिष्टहरु एकठाउँमा नआई बर्गको मुक्ती हुँदैन

सेक्रेटरी, क. रणदीप

२० मंसिर, कालिकोट । नेकपा (विप्लप) निकट कालिकोट जिल्ला एरिया न ४ को जनता हरुसंगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । क. सुवासद्धारा संचालन र कालिकोट जिल्ला सेक्रेटरी क. रणदीपको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा राजनीती दल, शिक्षक, बुद्धिजिबीहरुको सहभागीता रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा बोल्ने क्रममा जिल्ला सेक्रेटरी क. रणदीपले संसदीय ब्यबस्थाको दलदलमा फसेर समाजवादको कल्पना गर्नु र बाठो गाई बाट दुधको आसगर्नु एउटै हुने बताउनु भएको छ । सेकेटरी रणदीपले अगाडी भन्नुभयो, दलाल संसदीय ब्यबस्था भने कम्युनिष्ट सरकारले बलियो बनाउने मा दुईमत नरहेको धारणा राख्दै  क. रणदीपले, दलाल ब्यबस्था सुदृढको नाममा बन्दुक प्रयोग गरेर कम्युनिष्ट लाई दमन गरिन्छ भने जवाफी फायरको लागि जनमुक्ती सेना तयार रहको जवाफी हमला गर्नु भएको छ ।

अन्तरक्रियामा बोल्दै सेक्रेटरी क. रणदीपले दलाल ब्यवस्थाको पछि लाग्नु भन्दा सबै ईमानदार समाजवादी कमयुनिष्टहरु एकठाउँमा अनिवार्य नआई बर्गको मुक्ती नहुने बताउनु भएको थियो ।