चैतबाट गरिएको लकडाउनपछि खाद्यान्नको आयात ह्वात्तै बढ्यो

२० मंसिर, काठमाण्डौ । कोरोना भाइरसका कारण चैतबाट गरिएको लकडाउनपछि खाद्यान्नको आयात ह्वात्तै बढेको छ । भन्सार विभागको अनुसार अघिल्लो पटकको चैत(कात्तिक अवधिमा २७ अर्ब ४४ करोड रुपैयाँको खाद्यान्न आयात भएको थियो । तर, गत चैतदेखि कात्तिकसम्म ४४ अर्ब ९० करोडको खाद्यान्न आयात भएको छ । यो अघिल्लो वर्षको यस्तै अवधिको भन्दा १७ अर्ब ४६ करोडले बढी हो ।

भन्सार विभागका महानिर्देशक सुमन दाहालका अनुसार गत चैतदेखि कात्तिकसम्म चामलको आयात अघिल्लो पटकको यस्तै अवधिको तुलनामा ४६ प्रतिशतले बढेर १७ अर्ब ३० करोडको आयात भएको छ ।

२०७६ चैतदेखि २०७७ कात्तिकसम्मको अवधिमा चिनीको आयात १८ गुणा बढेको छ । यो अवधिमा चिनी मात्रै ६ अर्ब १४ करोड रुपैयाँको आयात भएको छ । गहुँको करिब डेढ गुणा अर्थात् ११४ प्रतिशतले बढेर ९ अर्ब १४ करोड, दाल तथा गेडागुडीको ५५ प्रतिशतले बढेर १४ अर्ब २२ करोड, धानको १३३ प्रतिशतले बढेर ६ अर्ब ९२ करोड, तोरीररायोको आयात ७० प्रतिशत बढेर ७ अर्ब ८५ करोडको आयात भएको छ ।

भटमासको पिनाको आयात ७३ प्रतिशतले बढेर ७ अर्ब १५ करोड आलुको २५ प्रतिशतले बढेर ५ अर्ब १८ करोड, कनिकाको १९० प्रतिशतले बढेर १ अर्ब ५६ करोड, किटनाशक औषधिको ६३ प्रतिशतले बढेर २ अर्ब ६४ करोड, जीराको ५४ प्रतिशतले बढेर २ अर्ब २२ करोड, खुर्सानीको ७१ प्रतिशतले बढेर १ अर्ब २४ करोड, नुहाउने साबुनको आयात ५३ प्रतिशतले बढेर ९५ करोड रुपैयाँ बराबरको भित्रिएको छ ।

त्यस्तै, बेसारको आयात १३९ प्रतिशतले बढेर ४४ करोडको भित्रिएको छ । फापररकोदोको आयात ६३ प्रतिशतले बढेर ४८ करोड, ओखरको आयात ५५ प्रतिशतले बढेर ५२ करोड, बदामको ४९ प्रतिशतले बढेर ५२ करोड, फुड सप्लिमेन्टको ९५ प्रतिशतले बढेर ३२ करोडको, कागतीको ३९ प्रतिशतले बढेर ५८ करोड, काजुको २३ प्रतिशतले बढेर ८४ करोड, नमकिनरभुजियाको ३६ प्रतिशतले बढेर ६० करोड , सुकाएको लसुनको ६२ प्रतिशतले बढेर ४० करोड, स्याम्पुको २४ प्रतिशतले बढेर ७० करोड र सुकमेलको आयात १९ प्रतिशतले वृद्धि भएर ७० करोड पुगेको छ ।

चैतदेखि कात्तिकसम्मको अवधिमा च्वयनप्रासरत्रिफलाको आयात २२३ प्रतिशतले बढेर १५ करोड,र मिश्रित मसलाको आयात २८ प्रतिशतले बढेर ४७ करोड रुयैयाँको आयात भएको छ ।

त्यस्तै, तरकारीको बीउको आयात २८ प्रतिशतले बढेर ४४ करोडको, सुती कपडाको २.५ प्रतिशतले बढेर ३ अर्ब ९८ करोडको, ल्वाङको १०१ प्रतिशतले बढेर १७ करोडको र पालरत्रिपालको आयात ६८ प्रतिशतले बढेर २२ करोड रुपैयाँको भित्रिएको छ ।