आज मुलुकभरमा १२७२ जना कोरोना संक्रमित थपिए

१९ मंसिर, काठमाण्डौ । आज मुलुकभरमा १ हजार २ सय ७२ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।शुक्रबार स्वास्थ्य मन्त्रालयका अनुसार थप १ हजार २ सय ७२ जनामा कोरोना पुष्टि भएको छ।

आजै १५७५ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १५६७ पुगेको छ।