मंसिर २९ गते काँग्रेसले देशैभरी प्रदर्शन गर्ने

१९ मंसिर, काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदको अधिवेशन तत्काल बोलाउन माग गर्ने भएको छ ।

त्यस्तै काँग्रेसले मंसिर २९ गते देशैभर सरकार विरुद्ध प्रदर्शन गर्ने पनि निर्णय गरेको छ । आज देउवा निवासमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले यो निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।

कांग्रेसले भ्रष्टाचार, कोरोना नियन्त्रणमा सरकार असफल रहेकोले ७७ जिल्लामा विरोध प्रदर्शन गर्न लागेको छ ।
सदन अविलम्ब बोलाउनुपर्ने, सदन र सडकबाट सरकारका जनहितविपरित कामको विरोध गर्ने निर्णय कांग्रेसले गरेको छ ।

यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ घटनाबारे बैठकमा ब्रिफिङ गरेका
छन् ।

उनले प्रधानमन्त्रीकै निर्देशनमा पुल उद्घाटन गर्ने कार्यक्रममा अवरोध भएको आरोप लगाएका थिए ।