ताजा खबर

कता हुनुहुन्छ र अआज मुलुकभरमा १३४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

१८ मंसिर, काठमाडौं । आज मुलुकभरमा थप १३४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२८७ पीसीआर परीक्षणमा १३४३ जना संक्रमित भेटिएका हुन् ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ ।

आजै कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २१११ रहेको छ । हालसम्म २ लाख २० हजार २७२ जना संक्रमणमुक्त भएका छन् ।

हाल सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ रहेको छ । कोरोना भाइरस संक्रमणबाट हालसम्म १५५१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।