पुष्टिकम्युनिष्ट सरकारका नाममा भएको हिजोको घटनाले लोकतन्त्र र गणतन्त्र नै लज्जित

१८ मंसिर, पोखरा । हिजो तनहुँमा पुल उद्घाटन गर्न गएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेपछि देखिएको उत्पन्नले मुलुकमा राजनीतिक तर आएको थियो । तर आज उनै हिजो पक्राउ गरी बेलुका रिहा भएका काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलदे नै आज सो पुल उद्घाटन गरेका छन् । आज उद्घाटन कार्यक्रमामा काँग्रेस नेताहरुले सरकारले आफूहरुलाई ब्युँझाइदिएको टिप्पणी गर्दै देशभर सरकारविरुद्ध आन्दोलन अघि बढाउने चेतावनी दिएका छन् ।

हिजो स्थानीय प्रशासनले निषेधाज्ञा उल्लंघन गरेको भन्दै पुल व्यास नगरपालिकाको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेको थियो । कांग्रेसले बिहीबार सोही पुल उद्घाटन कार्यक्रमलाई शक्ति प्रदर्शनको माध्यम बनाउँदै सरकारविरुद्ध कांग्रेस एक भएको बताएको छ ।

कार्यक्रममा नेताहरुले सरकारले अधिनायकवादी शैली देखाइरहेको र स्थानीय प्रशासन, प्रहरी कठपुतली बनेको आरोप लगाएका छन् । उनीहरुले सरकारको विरुद्ध आन्दोलन गर्न दमौली घटना अवसर बनेको धारणा पनि राखे । उनीहरुले तनहुँका प्रतिनिधिसभा सांसद कृष्णकुमार श्रेष्ठ (किसान)को कडा आलोचना गरे ।

कांग्रेस वरिष्ठ नेता पौडेलले मन्तव्यको सुरुमा पुलिसको डण्डाले करङ पेलेका कारण हिजो दिउँसोभन्दा साँझ र साँझभन्दा आज बढी दुखेको बताए । देशमा लोकतन्त्र आइसकेपछि पनि डण्डाको पेलान सहनु परेकाले लोकतन्त्र साकार पार्नै बाँकी रहेको पौडेलले बताए । हिजो निषेधाज्ञा गर्ने प्रशासन आज शीर निहु¥याएर लज्जित भएर हिँडेको पौडेलले बताए ।

कम्युनिस्ट सरकारका नाममा भएको हिजोको घटनाले लोकतन्त्र र गणतन्त्र नै लज्जित भएको पौडेलको भनाइ थियो । ‘यो घटनाले देशभरि तरंग आएको छ ।

प्रजातन्त्रवादीहरु सडकमा उत्रिएर आन्दोलित हुन पुगेका छन्,’ पौडेलले भने, ‘अबको आन्दोलनले ठूला माछाहरु संरक्षण गर्ने र साना माछा खाँदै हिँड्ने अख्तियारका विरुद्ध पनि हुन्छ ।’

स्थानीय तह आइसकेपछि निर्वाचन क्षेत्रमा बजेट दिन आवश्यक नै नभएको बताउँदै उनले केपी ओलीले षड्यन्त्र गरेको बताए । संसद कोषले संघीयता र स्थानीय तहको अधिकारलाई एकातिर पन्छाएको पौडेलले बताए । सुँडेको पुल आफ्नै पहलमा बनेको बताउँदै वरिष्ठ नेता पौडेलले तनहुँबाट निर्वाचित सांसदलाई अर्को पुल बनाउन देखाउन चुनौती दिए ।

प्रधानमन्त्री केपी ओली देश र लोकतन्त्रका लागि नभएर मुद्धामा जेल परेको पौडेलले आरोप लगाए । बयलगाडा चढेर गणतन्त्र आउँदैन भन्ने मान्छे आज राष्ट्रवादको हिरो बन्न खोजेको पौडेलले बताए । उनले कम्युनिस्टको हातमा लोकतन्त्र सुरक्षित नभएको दाबी गरे । लोकतन्त्र सुरक्षित गर्ने आन्दोलनको सुरुवात भएको पौडेलले बताए ।
उनले जनतासँग गएर कांग्रेस कुन हिसाबले ठीक छ भनेर बुझाउन कार्यकर्तालाई आग्रह गरे ।

केन्द्रीय सदस्य शंकर भण्डारीले गृह सचिवको आदेश आएका कारण एकदमै अप्ठेरो अवस्थामा परेको भनेर सीडीओले भनेको बताए । तनहुँको विषयमा बुझ्न गृह सचिवलाई धेरै पटक फोन गर्दा पनि नउठेको उनले सुनाए । योगेश भट्टराई, भानुभक्त ढकाललगायत धेरै मन्त्रीलाई फोन गरेर रामचन्द्र पौडेलमाथि भएको तनहुँ घटना रोक्न भनेको सुनाउँदै भने, ‘मैले तिमीहरुको सरकार सकिँदै छ भनेर भनेको छु ।’

तरुण दलले गृह सचिवको तीन पुस्ते विवरण राखेको भन्दै भण्डारीले धम्कीको भाषासमेत प्रयोग गरे । भोलि नेपाली कांग्रेस फेरि सरकारमा आउने कुरालाई नबिर्सन उनले स्थानीय प्रशासन र कर्मचारीलाई चेतावनी दिए ।

उनले अघि भने, ‘मेरो प्रश्न छ, भोलि फेरि कांग्रेस सरकारमा आउँछ यो नबिर्सनू ।’ भिड्ने नै हो पनि आफूहरु तयार रहेको भन्दै भण्डारीले आक्रोश देखाए ।

केन्द्रीय सदस्य गोविन्द भट्टराईले एउटा पुल उद्घाटन गर्न खोज्दा निषेधाज्ञा गरेर निषेधाज्ञा भन्ने शब्दकै ठूलो बेइज्जत भएको बताए । कम्युनिस्टसँग लड्नैपर्ने भएकाले कांग्रेससँग लड्नुको विकल्प नभएको नेता भट्टराईको भनाइ रहेको
थियो ।