कानुन विपरीत हुने अश्लिल भिडियोहरु सामग्री बनाउने, प्रसारण गर्ने सम्बन्धमा सचेत र संवेदनशील हुन साइबर ब्यूरो को अनुरोध

१७ मंसिर, काठमाडौं । कानुन विपरीत हुने अश्लिल भिडियोहरु लगायतका सामग्री बनाउने, प्रसारण गर्ने गरेको सम्बन्धमा सचेत एवं संवेदनशील हुन भन्दै प्रहरी प्रधान कार्यालयमने साइबर ब्यूरो भोटाहिटीले सम्बन्धीत सबैमा अनुरोध गरेको छ ।

साइबर ब्यूरो भोटाहिटीले उक्त क्रियाकलापसँग सम्बन्धित व्यक्ति अविभावक, संघ संस्था लगायत सरोकारवाला सबैमा ईन्टरनेट तथा विद्युतीय उपरकरणको प्रयोग गरेर अमर्यादित, कानुन विपरितका कामहरु नगर्न सचेत बनाएको हो ।

ईन्टरनेट तथा विद्युतीय उपरकरणको दुरुपयोग गरी समाजिक सञ्जालमा अशोभनिय, अमार्यादित, दुराचारयुक्त, यौनजन्य तथा अश्लिल तस्विर, श्रव्यदृष्य प्रसारण गरी विद्युतीय कारोबार ऐन, २०६३ लगायतका प्रचलित कानुन विपरीत हुने कार्यहरु गरेको बारेमा पछिल्लो समय धेरै सूचनाहरु प्राप्त भएको ब्यूरोले जनाएको छ ।

त्यसबारे आएका सूचना, उजुरीहरु उपर व्यूरोबाट प्रचलित कानुन बमोजिम कारवाही भएको र कतिपय अनुसन्धानको क्रममा रहेको समेत बताइएको छ । दोषीलाई साईबर अपराध अन्तर्गत कडा सजाय हुने बताएको छ ।

अपराध गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याई पीडितलाई न्याय दिलाउने सन्दर्भमा सही निकाय र माध्यमको छनौट नगरी पुन भिडियो एवं सामग्रीहरुलाई प्रदर्शन गर्दा पीडितलाई झन पीडा थपिनुका साथै विभिन्न कानुनमा व्यवस्था भएको गोपनियता संरक्षण लगायतका कानुनी प्रावधानका विपरीत हुने भएको हुँदा सो बारे सचेत हुनुपर्ने ब्यूरोको भनाई रहेको
छ ।

त्यस्ता कार्यहरु भएमा तत्काल नजिकको प्रहरी कार्यालय वा प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको टेलिफोन नम्बर ०१ ४२१९०४४, ४२१९०४८ र मोबाइल नम्बर ९८५१२८६७७० वा ई मेल ठेगाना [email protected] मा सूचना दिन समेत ब्यूरोले अनुरोध गरेको छ ।