ताजा खबर

पौडेल पक्राउ नियोजित, राजनीतिक प्रतिशोध, शक्तिको उन्माद हो

काग्रेस युवा नेता, गगन थापा

१७ मंसिर, काठमाडौं । नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलल आज तनहुँमा प्रहरीले पक्राउ गरे पछि काग्रेस युवा नेता गगन थापाले सरकारले निकै महँगो पर्ने चेतावनी दिएका छन् ।

नेता पौडेललाई तनहुँमा पुल उद्घाटनका लागि पुगेको अवस्थामा पक्राउ गरी प्रहरीको हस्तक्षेप र स्थानीय प्रशासनको एकल निर्णयविरुद्ध उनले यस्तो चेतावनी दिएका हुन् ।

‘पौडेललाई पक्राउ गर्नु परिस्थितिजन्य प्रतिक्रिया हुनै सक्दैन, होइन,’ थापाले लेखेका छन्, ‘यो नियोजित हो, राजनीतिक प्रतिशोध हो, शक्ति उन्माद हो । यसले यो सरकारको चरित्रलाई उदाङ्गो बनाएको नेता थापा बताएका छन् ।