प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाल बीच भेटवार्ता

११ मंसिर, काठमाडौं । नेपालको दुई दिने भ्रमणका रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज साँझ बालुवाटारमा शिष्टाचार भेट गरेका छन् ।

भारतीय विदेश सचिव श्रींगलाले राजनीतिक भेटवार्ता सुरू गर्नुअघि परराष्ट्र सचिव भरतराज पौडेल नेतृत्वको टोलीसँग बैठक गरेका थिए ।

उक्त बैठकमा दुई पक्षीय सहयोग र सहकार्यका धेरै विषयमा निकै फलदायी र उपयोगी छलफल भएको श्रींगलाले बताएका
छन् ।

भारतीय विदेश सचिव श्रींगला भोलि शुक्रबार गोरखा र मनाङ जाने कार्यक्रम छ भने उनले भोलि नै नेपाल–भारत सम्बन्धबारे सम्बोधन पनि गर्नेछन् । उनी भोलि नै स्वदेश फर्कने छन् ।