Breaking News

आज थप १९४८ जनामा कोरोना भाइरसका संक्रमिण थपिए

१० मंसिर, काठमाडौं । देशभरका प्रयोगशालामा ९ हजार २१० नमुना परीक्षण गर्दा ७७४ महिला र ११७४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यो सँगै कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ । उनीहरुमध्ये १३८९ जनाको मृत्यु भएको छ भने २ लाख ७ हजार ९९८ जना संक्रमणमुक्त भएका छन् । आजै २१४० जना संक्रमणमुक्त भएका हुन् ।

देशभर १६ हजार ६३९ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ३४५ जनाको आईसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८३५ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ६३५ जना, ललितपुरका ११३ र भक्तपुरका ८७ जना छन् ।

झापाका १९३ जना, कास्कीका ९०, चितवनका ८२, मोरङका ७२, सुनसरीका ५३, दाङका ५१, धनुषाका ४८, रुपन्देहीका ४७, मकवानपुरका ३७, काभ्रेका ३१, गुल्मीका ३०, संखुवासभाका २८, पाल्पाका २५, सिराहाका २०, इलाम र नवलपुरका १९–१९ जना, नवलपरासी र बाँकेका १७–१७ जना, तनहुँका १५, गोरखाका १४, महोत्तरी, स्याङ्जा, दार्चुला र बैतडीका १३–१३ जना, बाग्लुङका १२ र सप्तरीका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उदयपुर, सर्लाही, सिन्धुपाल्चोक, लमजुङ, कपिलवस्तु र प्युठानका ८–८ जना, पाँचथरका ७, पर्वत र डडेलधुराका ६–६ जना, नुवाकोटका ५, दोलखा, सिन्धुली, अर्घाखाँची, बर्दिया र बाजुराका ४–४ जना, भोजपुर, पर्सा, बारा, रौतहट, धादिङ, रामेछाप, म्याग्दी, रोल्पा र कैलालीका ३–३ जना, खोटाङ, तेह्रथुम, जुम्ला, अछाम र डोटीका २–२ जना तथा ओखलढुंगा, धनकुटा, रसुवा र कञ्चनपुरका १र֪ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।