नवनिर्वाचित राष्ट्रपति जो बाइडनले आफ्नो आगामी टोलीमा रहने ६ महत्वपूर्ण सदस्यको घोषणा

एजेन्सी

१० मंसिर, वासिङटन् । नवनिर्वाचित राष्ट्रपति जो बाइडनले आफ्नो आगामी टोलीमा रहने ६ महत्वपूर्ण सदस्यको घोषणा गरेका छन् ।

’अमेरिकी इज ब्याक । अमेरिकी विश्वको अगुवाइको लागि तयार छ । ऊ आफ्नो जिम्मेवारीबाट पछि हट्नेछैन’, उनले भने ।

नेशनल इन्टिलिजेन्सको निर्देशक पदका लागि एवरिल ह्यान्सको नाम आएको छ । यस्तो भएमा उनी देशको जासुसी निकायको नेतृत्व लिने पहिलो महिला हुनेछिन् ।

यस्तै होमल्याण्ड सेक्युरिटीका नयाँ प्रमूख एलेजान्ड्रो मेयोरकास हुनेछन् । डोनाल्ड ट्रम्प सत्ता हस्तानतरणका लागि तयार भएका छन् र अब जासुसी निकायले उनलाई जानकारी उपलब्ध गराउन सक्नेछ ।

जेक सुलिवन, लिन्डा थोमस ग्रिनफिल्ड र एन्टोनी ब्लिन्केन
यध्यपी ट्रम्पले आफ्नो हार अस्वीकार गर्ने सम्भावनाको शंका भने अझै छ । नोभेम्वर ३ मा भएको मतदानमा धाँधली भएको आरोप ट्रम्पले अझै लगाइरहेका छन् ।

यी हुन बाइडनका टिमका महत्वपूर्ण सदस्यः

एन्टोनी व्लिङकेन– विदेश मन्त्री

जोन केरी – जलवायु परिवर्तन दूत

एवरिल ह्यान्स– निर्देशक, नेशनल इन्टिलिजेन्स

एलेजान्द्रो मेयोरकास– सेक्रेटरी, होमल्यान्ड सेक्युरिटी

जेक सुलिवन– नेशनल सेक्युरिटी एडवाइजर, ह्वाइट हाउस

लिन्डा थोमस ग्रिनफिल्ड– संयूक्त राष्ट्र संघका लागि अमेरिकी दूत