६ बर्षे बालिका हत्या भएको प्रदर्शनमा गोलीका एक युवकको ग्राण्डी अपस्तालमा उपचारकै क्रममा निधन

१० मंसिर, मोहोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका ६ वर्षीया बालिकाको हत्या भएपछि भएको प्रदर्शनको क्रममाः प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

हत्या भएकी ६ वर्षीया बालिका गुलाब साह खातुनको शव पूर्वपश्चिम राजमार्गमा राखेर विरोध गर्ने क्रममाः मंगलबार प्रहरीले गोली चलाएको थियो ।

बर्दिबास नगरपालिका वडा नम्बर एकका करिब ४२ वर्षीय संजय भन्ने बुद्धिराज न्यौपानेको तीघ्रामा गोली लागेको थियो ।

गम्भीर घाइते उनलाई तत्काल पिनाकल अस्पताल भर्ना गरिएको थियो ।

त्यहाँ उनको उपचार सम्भव नभएपछि हेलिकप्टरबाट काठमाण्डौंस्थित ग्राण्डी अस्पतालमा पठाइएको थियो ।

उपचारकै क्रममाः गए राति करिब १ बजे उनको मृत्यु भएको न्यौपानेका भतिज सौगात न्यौपानेले बताएका छन् ।
हिजो बर्दिबासमा बालिकाको हत्याविरुद्ध भइरहेको प्रदर्शनलाई तितरवितर पार्न दर्जनौँ राउण्ड अश्रुग्यासका साथै रबरका गोली र हवाइ फायरसमेत गरेको थियो ।