रात्नपार्क बाट शंखधर उत्थान

९ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले रत्नपार्कमा शंखधर साख्वाको शालिक अनावरण गरेको छ ।

पार्कभित्र शंखधर साख्वासँगै मानवअधिकारवादी पद्मरत्न तुलाधरको पनि शालिक बनाइएको छ । साख्वा नेपाल संवतको सुरुवातकर्ता हुन् भने तुलाधर वामपन्थी राजनीतिज्ञ, मानवअधिकारवादी नेता एवं नेपाल भाषाको भाषिक आन्दोलनका अग्रणी व्यक्तित्व हुन् ।

साख्वा र तुलाधरको शालिक अनावरणसँगै रत्नपार्कमा शंखधर उद्यानको बोर्ड टाँगिएको छ । केही दिन अघि राप्रपाका तिन वर्ट अध्यक्षको संयुक्त हस्ताक्षर सिहित रत्नपार्क नाम परिवर्तन नर्गन र यदि परिवर्तन गरियो भने आन्दोलन गर्ने बताइरहेको बेला आज काठमाण्डौ महानगरपालिकाले शंखधर उत्थान सहितको बोर्ड समेत टाँसेर रत्नपार्कको नाम परिवर्तन गरिएको हो भन्ने जानकारी दिएको अनुभूति दिएको छ ।