बुटवलमा अर्थमन्त्रीलाई कालो झन्डा

१० मंसिर, बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव तथा अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा नेपाल तरुण दल र नेपाल विद्यार्थी सङ्घ रुपन्देहीले कालोझण्डा देखाएका छन् ।

लुम्बिनी प्रदेशको राजधानी मन्त्री पदसँग साटेको भन्दै उनीहरुले बुटवलको पुरानो बसपार्क नेपालगञ्जरोडमा कालोझण्डा देखाएका थिए ।

हिजो रुपन्देही आएका महासचिब पौडेल रुपन्देहीमा दुई दिन विभिन्न कार्यक्रममा सहभागी हुदैछन् । सडकमा बाक्लो सङ्ख्यामा रहेका तरुण दल र नेविसंघका कार्यकर्ताले नाराबाजीसमेत गरेका थिए ।

त्यतिकै संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।