९ मंसिर, काठमाडौं । आज मुलुकभरमा १७९० जनामा कोरोना भाइरसका संक्रमित पुष्टि । देशभरका प्रयोगशालामा १० हजार ८४३ नमुना परीक्षण गर्दा ७२१ महिला र १०६९ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यो सँगै कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । उनीहरुमध्ये १३६२ जनाको मृत्यु भएको छ भने २ लाख ४ हजार ८५८ जना संक्रमणमुक्त भएको छ । आजै २७९१ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर १७ हजार ८५९ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ३९३ जनाको आईसीयू र ५७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
कहाँ कति थपिए संक्रमित ?
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ९४७ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ६९२ जना, ललितपुरका १९० र भक्तपुरका ६५ जना छन् ।
यस्तै सुनसरीका ११० जना, कास्कीका ८३, मोरङका ७५, काभ्रे र कैलालीका ६१–६१ जना, बाँके र रुपन्देहीका ३८–३८ जना, दाङका ३६, झापा र बर्दियाका ३३–३३ जना, गोरखाका २५, चितवनका १७, धादिङका १५, सिन्धुपाल्चोक र तनहुँका १३–१३ जना, पाल्पाका ११, सप्तरी र अर्घाखाँचीका १०–१० जना, नवलपुर, कविलवस्तु र नवलपरासीका ९–९ जना, नुवाकोट र स्याङ्जाका ८–८ जना, पर्सा, रामेछाप र कञ्चनपुरका ७–७ जनामा संक्रमण देखिएको छ ।
लमजुङका ६ जना, इलाम, उदयपुर, तेह्रथुम, धनकुटा, बारा, रौतहट, सिराहा, दोलखा र डडेलधुराका ५–५ जना, पाँचथर, गुल्मी, दैलेख र रुकुम पश्चिमका ३–३ जना, भोजपुर, संखुवासभा, सोलुखुम्बु, धनुषा, महोत्तरी, मकवानपुर, सिन्धुली, बाग्लुङ, प्युठान, सल्यान र हुम्लाका २–२ जना तथा ओखलढुंगा, खोटाङ, सर्लाही, रसुवा, पर्वत, म्याग्दी, कालीकोट, जाजरकोट, जुम्ला, अछाम, दार्चुला र बझाङका १–१ जनामा पनि संक्रमणपुष्टि भएको मन्त्रालयले जनाएको छ ।