१३ दिनको शिशु र आमासहित भिरबाट खसेर मृत्यु

९ मंसिर, डडेल्धुरा । डडेल्धुरामा १३ दिनको शिशुसहित भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

नवदुर्गा गाउँपालिका वडा नम्वर २ मणिलेक ढोब्डेनाको भीरबाट लडेर हिजो सोमबार ३५ वर्षीया पुतलीदेवी भुलको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालका अनुसार घरबाट अर्को गाउँ जाँदै गर्दा उनी भिबाट लडेकी थिइन् ।