स्वास्थ्य सतर्कता अपनाउदै कक्षा १२ को परीक्षा आजबाट सुरु

९ मंसिर, काठमाण्डौ । कक्षा १२ को परीक्षा आजदेखि सुरू भएको छ ।

कोरोना भाइरसको महामारीका बिगत ८ महिनादेखि रोकिदै आएको कक्षा १२ को परीक्षा स्वास्थ्य सर्तकता अपनाउँदै संचालन गरिएको छ । साथै राष्ट्रिय परीक्षा बोर्डले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरी परीक्षा सञ्चालन गरेको छ ।

परीक्षा केन्द्रहरूमा हेल्पडेस्क राखिएको छ । विद्यार्थीहरू मास्क लगाएर परीक्षा केन्द्र पुगेका छन् ।

चार लाख ३२ हजार पाँच सय जना विद्यार्थी परीक्षामा सामेल रहेको बोर्डले जनाएको छ । गत वैशाखमा हुनुपर्ने परीक्षा आजदेखि गरिएको हो ।

बिहान ८ बजेदेखि परीक्षा सुरू भएको हो । भौतिक दूरी कायम गरी परीक्षा हलमा परीक्षार्थी राखिएको छ ।

४० प्रतिशत अंकका लागि लिखित परीक्षा गरिएको हो । बाँकी अंक आन्तरिक मूल्यांकनबाट दिइनेछ ।