रत्नपार्कको नाम परिवर्तन नर्गन र शंखधरको नाम राखेर नयाँ र भब्य संरचना बनाउन राप्रपाको माग

८ मंसिर, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले रत्नपार्कको नाम शंखधर साख्वा उद्यान राखेकामा विरोध जनाएको छ । हालै काठमाडौं महानगरपालिकाले शंखधर शाख्वाको शालिक अनावरण गरी रत्नपार्कको नाम शंखधर साख्वा उद्यान राखेको
थियो ।

राप्रपाका अध्यक्षत्रय पशुपतिशम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले विज्ञप्ति निकालेर रत्नपार्कको नाम फेर्दा नेपालको मौलिक संस्कृतिका एक धरोहरको अवमुल्यन भएको जिकिर गरेको छ ।

‘‘दशकौंदेखि नामाकरण भएर आएका संरचनाको नाम आज अचानक बदल्नु उचित होइन’ उनीहरुले विज्ञप्तिमा भनेका छन् ।

राप्रपाले रत्नपार्कको नाम फेर्नु २ कारणले उचित नहुने भनेको छ । ‘पहिलो यो कार्यले मुमा बडामहारानी रत्नप्रति अन्याय भएको छ । दोस्रो, यो नामाकरणले नेपालको मौलिक संस्कृतिका एक धरोहरको अवमुल्यन गरेको छ’ विज्ञप्तिमा भनिएको छ ।

रत्नपार्कको नाम राजा महेन्द्रकी पत्नी रत्नको नाममा राखिएको थियो ।

राप्रपाले शंखधर साख्वाको योगदानको सम्मान गर्न हाल भइरहेको संरचनाको नाम परिवर्तन गरेर होइन, शंखधरको नाम राखेर नयाँ र भब्य संरचना बनाउनुपर्ने बताएको छ ।

‘हाम्रो माग छ : शंखधरको नामबाट अझ भब्य साँस्कृतिकरऐतिहासिक संरचना बनाइयोस् त्यस बखत मात्र उनीप्रति हामीले सही रुपमा सम्मान गरेको ठहरिनेछ’ राप्रपाको विज्ञप्तिमा भनिएको छ