अध्यक्ष प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूतबीच भेटवार्ता

८ मंसिर, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुस्पकमल दाहाल (प्रचण्ड) र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।

निनियाँ राजदूत यान्छीले सोमबार प्रचण्ड निवास खुमलटार पुगेर भेट गरेकी हुन् । भेटवार्तामा दुई देशबीचको सम्बन्धबारे कुराकानी भएको थियो ।

भेटका क्रममा राजदूत यान्छीले चीनका राष्ट्रपति सि जिनपिनले लेखेको पछिल्लो किताब उपहार दिएकी थिइन् ।