प्रधानमन्त्रीद्धारा सुरक्षा निकायका प्रमुखसँग छलफल

नेकपा भित्र चरम विवाद चर्किएकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आज चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर छलफल गरेका छन् ।

आज दिउँसो ओलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई बोलाएर छलफल गरेका हुन् ।

सुरक्षा निकायका प्रमुखसँग के–के विषयमा कुराकानी भयो भन्ने विषयमा सार्वजनिक गरिएको छैन । प्रधानमन्त्रीको सचिवालयले भने यसलाई नियमित प्रक्रिया मात्र भएको भनेको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नियमित छलफल मात्रै हो, यस्तो छलफलको विषयमा बाहिर भन्ने गरिएको छैन ।