देशभरमा १६६९ जना कोरोना संक्रमण हुँदा काठमाडौं उपत्यकाका ९५७ जनामा कोरोना पुष्टि

७ मंसिर, काठमाडौं । आज देशभरमा थप १६६९ जनामा कोरोना भाइरस संक्रमण भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ३२ जनामा गरिएको परीक्षणमा १६६९ संक्रमित भेटिएका हुन् ।

संक्रमितमध्ये काठमाडौं उपत्यकाका ९५७ जना रहेका छन् ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ ।

आजै कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ५ हजार ६९९ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ रहेको छ ।

सक्रिय संक्रमितको संख्या १९ हजार ९६३ रहेको छ ।