नेकपा संसदीय दलभित्र सांसदहरुको अंगकणीतिय लोखाजोखा : कुन सांसद को तिर

७ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अहिले संकटमा गुज्रिरहेको छ । पार्टीका दुई अध्यक्षद्धय प्रचण्ड र केपी शर्मा ओलीबीच मनमुटाव देखि शीक्त दाउपेजले एकले अर्कालाई सिध्याउने सम्मका रणनीतिमा पुगेको नेकपा फुट्को अन्तिम संघरमा रहेको भए पनि भित्रभित्र मिलाउने र फुटाउने दुबै कार्य भएका पनि छन् । हालै मात्र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सचिवालय बैठकमा दर्द गराएको राजनीतिक प्रतिवेदन र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली ले प्रचण्डको राजनीतिक प्रतिवेदनको जवाफमा ल्याउन लागेको राजनीतिक प्रतिवेनको पर्खाइमा रहेको नेकपा फुट्ने की मिलाउने भन्ने दुबिधाभित्रको अन्यौलमा रुमलिएको छ । यसै क्रममा भित्रभित्र संसदीय अंकगणितको लेखाजोखा पनि हुन थालेको छ । पार्टीमा स्पष्ट तीन धार देखिए पनि हाल प्रधानमन्त्री केपी शर्मा ओली एकातिर र अर्का कार्यकारी अध्ययक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुरा नेपाल अर्कोतिर देखिएका छन् । संसदमा कसैको पनि बहुमत छ्रैन । तर प्रचण्ड र माधव नेपालको गुड एक भएको खण्डमा सो गुड बलियो हुन सक्छ । । तर प्रधानन्त्री एवं पार्टी अध्यक्ष केपी ओली पक्षको संसदमा बहुमत नभएपछि ओलीले अहिले माधवकुमार नेपाल र कार्यकारी अध्यक्ष प्रचण्ड पक्षका सांसदहरुलाई आफूतिर तान्ने कोशिसमा लागेको बुझिएको छ ।

नेकपा संसदीय अंकगणीत यस प्रकार छ :

कार्यकारी अध्यक्ष प्रचण्ड निकट सांसदहरु :
पुष्पकमल दाहाल (प्रचण्ड), हरिराज अधिकारी, हरिवोलप्रसाद गजुरेल, हितबहादुर तामाङ, हेमकुमार राई, बोधमायाकुमारी यादव, दुर्गाकुमारी विश्वकर्मा, रामकुमारी चौधरी, छक्कबहादुर लामा, अन्जना विसंखे, गिरिराजमणि पोखरेल, अमृता थापा, पम्फा भुषाल, यशोदा सुवेदी गुरुङ, अग्निप्रसाद सापकोटा, अमनलाल मोदी, इन्दुकुमारी शर्मा, ओनसरी घर्ती, कमला रोका, सुरेशचन्द्र दास, कृष्णबहादुर महरा, गजेन्द्रबहादुर महत, गौरीशंकर चौधरी, गंगाबहादुर तामाङ, चक्रपाणि खनाल, चाँदतारा कुमारी, चुडामणि खड्का, जर्नादन शर्मा, जयपुरी घर्ती, टेकबहादुर वस्नेत, टोपबहादुर रायमाझी, , मातृकाप्रसाद यादव, रामेश्वर राय यादव, रेखा शर्मा, लेखराज भटट, शक्तिबहादुर वस्नेत, शशि श्रेष्ठ, शिवकुमार मण्डल केवट, श्यामकुमार श्रेष्ठ, सत्या पाहाडी, सन्तकुमार थारु, सुदन किराँती, सुरेन्द्रकुमार कार्की (राम कार्की), सुरेशकुमार राई, दिलकुमारी दुर्गाबहादुर रावत, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, धर्मशीला चापागाई, पूर्णकुमारी सुवेदी, प्रभु शाह, वर्षमान पुन अनन्त, वीना मगर, महेश्वरराज गहतराज अथक छन् ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीनिकट सांसदहरु :
केपी शर्मा ओली, कृष्णकुमार श्रेष्ठ, केदार सिग्देल, खगराज अधिकारी, जगतबहादुर सुनार विश्वकर्मा, नारायण मरासिनी, पदम गिरी, डा. सूर्य पाठक, भूपेन्द्रबहादुर थापा, पोल्देन छोपाङ गुरुङ, प्रेम तुलाचन, गोमा देवकोटा, गंगा चौधरी, सत्गौवा, थममाया थापा, सुवास नेम्वाङ, घनश्याम खतिवडा, भानुभक्त ढकाल, विशाल भट्टराई, लीलानाथ श्रेष्ठ, पार्वत गुरुङ, गोकुल बास्कोटा, भूमिप्रसाद त्रिपाठी, खेमप्रसाद लोहनी, कृष्णप्रसाद दाहाल, कृष्णबहादुर राई, कृष्णगोपाल श्रेष्ठ, नवराज सिलवाल, महेश बस्नेत, मोहन वानियाँ, निरुदेवी पाल, विजय सुब्बा, मोतिलाल ढुगड, रेखा कुमारी, कलिला खातुन, कुमारी मेचे, शान्ता चौधरी, शान्तिमाया तामाङ पाख्रिन, सुजिता शाक्य, सरिता न्यौपाने, बिनादेवी वुढाथोकी, मैनकुमारी भण्डारी, गुल्मी विष्णु शर्मा, बिनाकुमारी श्रेष्ठ, बिन्दा पाण्डे, तिलकबहादुर महत, छविलाल विश्वकर्मा, बिष्णुप्रसाद पौडेल, बसन्त नेम्वाङ, एलपी साँवा लिम्बू, शिवमाया तुम्वहाम्फे, पद्माकुमारी अर्याल, नारदमुनी राना, ईश्वर पोखरेल, राजेन्द्रप्रसाद गौतम, तिर्था गौतम, रुकुम रघुवीर महासेठ, दामोदर भण्डारी, लालबहादुर थापा, आशाकुमारी विक, विद्या भट्टराई, राजबहादुर बुढा, प्रेम आले, विमला विश्वकर्मा, विमला विक गणेशसिंह ठगुन्ना, भैरवबहादुर सिंह, जुलीकुमारी महतो, नविना लामा, रामवीर मानन्धर, दलबहादुर राना, धनबहादुर वुढा, राधा ज्ञावली, रूपन्देही, तुलसी थापा, बर्दिया, , प्रदीप ज्ञवाली, नन्दलाल रोकाय क्षेत्री, रविन्द्रराज शर्मा, नरबहादुर धामी, छन् ।

प्रधानमन्त्री केपी ओली शर्मा गुटमा उपाध्यक्ष बामदेव गौतम पक्षका समेत सांसद भएकाले ति सांसद प्रचण्ड नेपाल गुडमा जान पनि सक्छन् ।

वरिष्ठ नेता माधव नेपालनिकट सासदहरु :
माधव नेपाल , भीमबहादुर रावल, यज्ञबहादुर बोगटी, कल्याणीकुमारी खड्का, पुष्पाकुमारी कर्ण, मुकुन्द न्यौपाने, शेरबहादुर तामाङ, नारायण खतिवडा, बिरोध खतिवडा, जीवनराम श्रेष्ठ, सुरेन्द्र पाण्डे, रामकुमारी झाक्री, कृष्णभक्त पोखरेल, घनश्याम भुसाल, झलनाथ खनाल, लालबाबु पण्डित, जयकुमार राई, यज्ञराज सुनुवार, राजेन्द्र राई, योगेश भट्टराई, गणेशकुमार पहाडी, सोमप्रसाद पाण्डे, गोकर्ण विष्ट, मेटमणि चौधरी, हिराचन्द्र केसी, ध्रुवकुमार शाही, कृष्णलाल महर्जन, मनकुमारी जिसी, कुमारी विशेंख, सरिताकुमार गिरी, पवित्रा खरेल (निरौला), भवानीप्रसाद खापुङ, गोपालबहादुर बम, नवराज रावत, झपट रावल, दीपक प्रकाश भट्ट, समीना हुसेन, सरलाकुमारी यादव, निरादेवी जैरु, मायादेवी न्यौपाने, लक्ष्मीकुमारी चौधरी छन् ।

नेकपा बाटै चुनाव जितेका ह्दयेश त्रिपाठी र बृजेशकुमार गुप्ता भने स्वतन्त्र रहेका छन् भोलिका दिनमा कुन पक्षमा लाग्ने हुन पछि नै थाहा हुने छ ।