पाइल्सको समस्या भएमा के खाने, के नखाने जानी राखौं

एजेन्सी

६ मंसिर, काठमाण्डौ । पाइल्सको समस्यामा मलाशयको भित्र र गुदद्वारको वरिपरी सुन्निने र दुख्नुका साथै रक्तश्राव पनि हुने
गर्छ । धेरैजसो पाइल्सको समस्या हल्का हुन्छ । जसको कारण धेरै जसो व्यक्तिहरुलाई यो रोग लागेको थाहा नै हुँदैन । गम्भीर समस्यामा दिसासँगै चम्किलो रगतसँगै चिलाउन पनि सुरु हुन्छ । पाइल्स पछिल्लो समस्या सबैको समस्या जस्तै भइसकेको छ । जसको वास्तविक कारण थाहा हुँदैन । धेरै मानिसहरु लाजका कारण यसको उपचार गर्न अस्पताल जाँदैनन् ।

पाइल्सको समस्यामा खाना

पाइल्सको समस्यामा खानेकुराले निकै महत्व राख्छ । कस्तो प्रकारको भोजन गर्दा पाइल्स बढाउने र कस्तो प्रकारको खानाले पाइल्सको समस्या कम गराउँछ भन्ने कुरामा ध्यान दिनुपर्छ । पाइल्सको समस्या हुँदा वा नहुँदा सन्तुलित खाना खाने गर्नुपर्छ । खाना खाँदा फाइबर भएको खाना खाने गर्नुपर्छ । पाइल्सको समस्यामा फाइबरयुक्त खाना खानका लागि डाक्टरले समेत सल्लाह दिने गर्छन् ।

के नखाने ?

१. डेरीमा उत्पादन हुने खानेकुरा नखाने । जस्तैः दुध वा दही आदि ।
२. मासु वा प्रोसेस मिटमा फाइबर कम हुने भएकाले पाचन प्रक्रियामा समस्या हुन पुग्छ र कब्जियतको समस्या सुरु हुन्छ ।
३.भुटेको, तारेको खाना खाँदा पाँचन प्रक्रियामा समस्या हुन्छ । यस्ता खाना खाँदा पच्न गाह्रो हुन्छ ।
४. अत्यधिक मसलेदार, अमिलो, पिरो खाने कुरा खानुहुँदैन ।
५. मादक पदार्थको सेवनले दिसा झन् साह्रो हुने भएकाले दिसा गर्ने समयमा दुखाई झन् बढ्छ ।

के खाने ?

१. धेरै फाइबर भएको खानेकुराहरु जौ, क्विनोआ, ब्राउन राइस, ओट्स आदिको सेवन गर्नुपर्छ ।
२. विभिन्न प्रकारका फलफूल र सागसब्जीहरु ब्रोकाउली, फूलगोभी, केरा, गोभी, तोरी, काक्रो, तरबुजा, नाशपति, स्याउ आदि खाने गर्नुपर्छ ।
३. नियमित रुपमा व्यायाम गर्ने गर्नुपर्छ ।
४. दुखाई बढेमा बाटामा तातो पानी राखेर त्यसमा बस्ने गर्नुपर्छ । दुखाई भएको ठाउँमा सेकाउँदा पाइल्सको दुखाई कम हुन्छ ।