कपाल झरेको खण्डमा घेरेलु विधि अपनाउनु पर्छ

एजेन्सी

६ मंसिर, काठमाण्डौ । कपाल झर्ने समस्याबाट धेरै मानिसहरु चिन्तित हुन्छन् । विभिन्न कारणले कपाल झर्ने समस्या पैदा हुन्छ । तर, गम्भीर रोगका कारण कपाल झर्ने समस्यामा बाहेक घरेलु विधि अपनाएर यसको समाधान गर्न सकिन्छ ।

अमलाको जुस

अमलामा ट्यानिन र क्याल्शियम जस्ता पदार्थ पाइन्छ । यो दुवै पदार्थ कपाल बढ्न मद्दतगार हुन्छ । र यो कपालको लागि निकै लाभदायक हुन्छ । कपालको जरामा अमलाको रस लगाउनुस् र ३० मिनेटसम्म लगाउनुस् । यो प्रक्रिया हप्तामा दुईपटक लगाउनुस् ।

प्याजको रस

प्याजको रसले कपालमा यसको वृद्धिका लागि अतिरिक्त सल्फर प्रदान गर्छ । जसले गर्दा कपाल झर्न रोक्ने काम गर्छ । आधा प्याजको रस निकाल्ने र कपालको जरामा लगाएको ३० देखि ६० मिनेटमा पखाल्ने गर्नुपर्छ । यो प्रक्रिया हप्तामा दुई पटक गर्दा कपाल झर्ने समस्यामा कमि आउँछ ।

मेथी हेयर मास्क

मेथीको दानामा प्रोटिन र निकोटिनिक एसिडको मात्रा उच्च मात्रामा पाइन्छ । यसले कपाल झर्न र रुखो हुनबाट बचाउँछ । आधा कप मेथीको दाना रातभर भिजाउने र पेस्ट बनाएर कपालको जरामा लगाउने गर्नुपर्छ । मेथीको पेस्ट लगाएको ३० देखि ६० मिनेटमा पखाल्नुपर्छ । यो प्रक्रिया हप्तामा एकपटक लगाउनुपर्छ ।

नरिवलको तेल

नरिवलको तेल कपालको वृद्धि विकासमा निकै फाइदाजनक हुन्छ । हप्तामा दुई पटक नरिवलको तेलले मालिस गर्ने गर्नुपर्छ जसले कपाल मजबुत बनाउँछ ।