प्रधानमन्त्री केपी ओली शर्मालाई हटाउनै पर्छ

बाबुराम भट्टराई /संघीय परिषद् अध्यक्ष

३ मंसिर, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनै पर्ने बताएका छन् ।

आज दिउँसो सामाजिक संञ्जाल ट्वीटबाट ट्वीट गर्दै भट्टराईले ओली सरकारको असफलता–भ्रष्टाचारबारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनै पर्ने बताएका हुन् ।

भट्टराईले नेकपाको आन्तरिक विवादमा राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले हस्तक्षेप गर्न खोजेको भन्दै त्यसो गर्न नमिल्ने बताएका छन् ।

‘नेकपाको झगडा कसरी टुंग्याउने भन्ने उसको कुरा होला तर यी राज्य–जनताका मुद्दा प्रतिपक्षी दल–जनताले उठाउनै पर्छ हैः
यसअघि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीमा चुलिएको विवादबारे राष्ट्रपति भण्डारीले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै छलफल गरेकी थिइन् ।

चिनियाँ राजदूत यान्छीले भने मंगलबार साँझ बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेकी थिइन् ।