देशभरमा ५०२ जनामा कोरोना भाइरसका संक्रमण पुष्टि

२ मंसिर, काठमाण्डौ । आज देशभरमा ५०२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएका छन् ।

देशभरका प्रयोगशालामा ३ हजार ११२ नमुना परीक्षण गर्दा २०४ महिला र २९८ पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये ३३९ जना काठमाडौं उपत्यकाका छन् ।

यो सँगै कुल संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ । उनीहरुमध्ये १२४७ जनाको मृत्यु भएको छ भने १ लाख ७९ हजार २४२ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ३० हजार ९८६ सक्रिय संक्रमित छन् ।