नेपाल विप्लवद्धारा संखुवासभामा १२ राउण्ड हवाइ फायर

१ मंसिर, काठमाण्डौ । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले संखुवासभामा १२ राउण्ड हवाइ फायर गरेको छ । विप्लव नेतृत्वको सो पार्टीका कार्यकर्ताले जिल्लाको चैनपुरस्थित मैदाने भन्ने स्थानमा १२ राउण्ड हवाइ फायर गरेको जानकारी आएको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव चक्र बहादुर बुढाले रातोपाटीलाई जानकारी दिए ।

विप्लव समूहले प्रहरीलाई देखेपछि हवाइ फायर गरेको बताइएको छ । फायरपछि विप्लवका कार्यकर्ता जंगलतिर भागेका छन् । अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको दुई वटा टोली सर्च अपरेशनका लागि घटनास्थलतर्फ लागेको बुढाले जानकारी दिए ।

सरकारले विप्लवको पार्टीले हिंसात्मक गतिविधि गर्न थालेपछि प्रतिबन्ध लगाएको थियो भने त्यसयता सो पार्टीका नेता कार्यकर्तालाई धरपकडको नीति अख्तियार गर्दै आएको छ ।