आज थप १९१३ जनामा कोरोना भाइरसका संक्रमित पुष्टि

२७ कात्तिक, काठमाडौं । आज थप १९१३ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार २२ नमुना परीक्षण गर्दा ७५९ महिला र ११५४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार ११८९ जनाको मृत्यु भएको छ भने १ लाख ६४ हजार ५९२ जना संक्रमणमुक्त भएका छन् । आजै मात्र २३४९ जना संक्रमणमुक्त भएका हुन् ।

देशभर ३८ हजार ४६१ संक्रिय संक्रिमित छन् । उनीहरुमध्ये २९ हजार ३८४ होम आइसोलेसनमा छन् भने ३७३ जनाको आईसीयू र ८७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ९७३ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ७६४ जना, ललितपुरका १२६ र भक्तपुरका ८३ जना छन् ।

कास्कीका ७१ जना, मोरङका ५७, रुपन्देहीका ५६, तनहुँका ५२, दाङका ५१, काभ्रे र कैलालीका ५०–५० जना, झापाका ४९, बाँकेका ४४, सुनसरी र चितवनका ३९–३९ जना, मकवानपुरका ३६, बर्दियाका २१, स्याङ्जाका २०, गुल्मीका १९, नुवाकोटका १८, पाल्पाका १७, सिराहाका १६, धनुषा, दोलखा र कञ्चनपुरका १४–१४ जना, नवलपरासीका १३, पर्सा, गोरखा र लमजुङका १२–१२ जना, धादिङका ११ र बाग्लुङका १० जनामा संक्रमण पुष्टि भएको छ ।

सिन्धुपाल्चोक र बझाङका ९–९ जना, सर्लाही, नवलपुर र डडेलधुराका ८–८ जना, सप्तरी र प्युठानका ६–६ जना, महोत्तरी, रौतहट, सिन्धुली, पर्वत र रुकुम पश्चिमका ५–५ जना, उदयपुर, बारा, कपिलवस्तु, दैलेख र सल्यानका ४–४ जना, ओखलढुंगा, धनकुटा, रामेछाप, मुस्ताङ र सुर्खेतका ३–३ जना, ताप्लेजुङ, अर्घाखाँची, रोल्पा, अछाम, बाजुरा र बैतडीका २–२ जना तथा तेह्रथुम, भोजपुर, सोलुखुम्बु, रसुवा, जुम्ला, हुम्ला र डोटीका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।