धादिङको छत्रेदेउराली आसपास केन्द्रविन्दु बनाएर भूकम्प आयो

२५ कात्तिक, काठमाण्डौ । धादिङको छत्रेदेउराली आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।

आज दिउँसो ४ बजेर २९ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । यो भूकम्पको धक्काबाट के कति क्षति भयो भन्ने समाचार आएको छैन ।