आज २७३६ जना कोरोना भाइरसका संक्रमित थपिए

२५ कात्तिक, काठमाण्डौ । आज थप २ हजार ७ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएका छन् ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार थप दुई हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै संक्रमितको संख्या एक लाख ९९ हजार ७६० पुगेको छ ।

त्यस्तै, संक्रमणबाट गएको २४ घण्टामा २२ जनाको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ११४८ पुगेको छ ।

आजै एक हजार ७ सय ९८ जना निको भएर घर फर्केका छन् ।