प्रधानमन्त्री तथा अध्यक्ष ओलीले सचिवालय बैठक नबोलाएपछि बहुमत सचिवालय सदस्यहरू धुम्बाराहीमा बैठक बस्दै

आज भेला हुन २५ कात्तिक, काठमाण्डौ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक नबोलाएपछि आक्रोसित बनेका बहुमत सचिवालय सदस्यहरू पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने तयारीमा ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच ४ बजेपछि छलफल हुने बताइएको छ ।

उनीहरूले पार्टी कार्यालय धुम्बाराहीमा भेला गर्ने तयारी गरेका छन् ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले यसबारेमा टुंगो लागिनसकेको प्रतिक्रिया दिए ।

यसअघि बहुमत सचिवालय सदस्यहरूले शनिबार प्रधानमन्त्री ओलीलाई भेटेर सचिवालय बैठकका लागि पत्र बुझाएका थिए ।

सचिवालय सदस्यहरूले बुझाएको पत्रका आधारमा विधान अनुसार बैठक बोलाउने महासचिव विष्णु पौडेलले अध्यक्ष प्रचण्डलाई जानकारी गराएका थिए ।

स्रोतका अनुसार सचिवालय सदस्यहरूले बुझाएको पत्रमा प्रधानमन्त्री ओलीले विधान अनुसार गर्नु भनेर तोक लगाएका थिए ।

प्रचण्डसहित ५ सचिवालय सदस्यहरू भने बैठक आह्वान गर्न ढिलो गर्न नहुने अडानमा छन् ।