एकैदिन सुनको प्रतितोला ३ हजार ४ सयले घट्यो

२५ कात्तिक, काठमाण्डौ । आज मंगलबार सुनको मूल्य एकैदिन प्रतितोला ३ हजार ४ सयले घटेको छ ।

सोमबार सुन ९८ हजार २ सयमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य १२ सय १५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो अघिल्लो दिनको भन्दा तोलामा ७० रुपैयाँले कम हो ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।