माइतीघरमा कालो पोशाक

२२ कात्तिक, काठमाडौं । माइतीघरमा शनिबार बलात्कार र महिला हिंसाविरुद्ध प्रदर्शन गरिएको छ । ‘अझैकतिसहने’ अभियानद्वारा गरिएको प्रदर्शनमा सहभागीहरुले कालो पोशाकका साथै कालै मास्क पहिरिएका थिए । यस्तै आँखामा कालो पट्टी समेत बाँधेका थिए ।
उनीहरुले बलाकारविरुद्धको नारा लेखिएका ब्यानरसहित प्रदर्शन गरेका थिए भने कोरोनाभाइरस संक्रमणको जोखिमका कारण सामाजिक दूरी अपनाइएको थियो ।

यो अभियानले उपत्यकाबाहिरका विभिन्न स्थानमा समेत प्रदर्शन गर्दै आएको छ ।
अभियानले बलात्कारीहरूलाई कडा भन्दा कडा सजाय दिनुपर्ने माग समेत गर्दै आएको छ ।