नेपाल र भारतबीच देखिएको समस्यालाई संवादमार्फत समाधान गर्न प्रधानमन्त्री ओलीको आग्रह

२१ कात्तिक, काठमाडौं । तीन दिन नेपाल भ्रमणमा आएका भारतीय सेनाअध्यक्ष मनोज मुकन्द नरवणेसँगको भेटवार्तामा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच देखिएको समस्यालाई संवादमार्फत समाधान गर्न आग्रह गरेका छन् ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाल र भारतका बीचमा सदियौंं पुरानो विशिष्ठ सम्बन्ध रहेको धारणा राखेको प्रधानमन्त्रीका नीजि सचिवालयले बताएको छ । दुई देशका सेना प्रमुखहरुलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत् समाधान हुने विश्वास व्यक्त गरेका छ ।