नेकपा कार्यकारी अध्यक्ष प्रचण्डको अध्यक्षतामा सचिवालयको अनौपचारिक बैठक अहिले बस्दै

२१ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयको अनौपचारिक बैठक अहिले ३ बजे बोलाएका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताएका हुन् । स्रोतका अनुसार बैठक बोलाउन विषयमा प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका थिए । तर सहमति नभएको बताइएको छ ।

अहिले बोलाइएको सचिवालय बैठकमा पनि ओली सहभागी नहुने बालुवाटार स्रोतले बताएको छ ।