एघार बर्षीया बालिकामाथि बलात्कार

१८ कात्तिक, काठमाण्डौ । काठमाडौंमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक भारतीय पक्राउ परेका छन् ।

भारत घर भई काठमाडौं महानगरपालिका(१७ धोबिचौर डेरा गरी बस्ने ४५ वर्षीय मुजबिल अन्सारीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बालिकालाई बलात्कार गरेको भन्ने खबर पाएपछि महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले अन्सारीलाई पक्राउ गरेको थियो ।

उनलाई उनको डेराबाट पक्राउ गरेको थियो ।

’अन्सारी र बालिकाकी बुवा एउटै ठाँउमा काम गर्ने हुन्,’वृत्तका डिएसपी दीपक खड्काले भने ।

उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।