काँग्रेस सांसद सूर्यबहादुर केसीको निधन

१८ कात्तिक, काठमाण्डौ । नेपाली कांग्रेसका सांसद तथा आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधन भएको छ ।

गए राति पोखरास्थित घरमा ६३ वर्षका केसीको निधन भएको बताइएको छ ।

केसी लामो समयदेखि मधुमेह र प्रेसरका बिरामी थिए उनी ।

केसी प्रतिनिधिसभामा कांग्रेस सांसद हुन् ।

उनी राप्रपा छाडेर २०७४ सालमा कांग्रेस प्रवेश गरेका थिए । पहिलो संविधानसभामा उनी राप्रपाबाट सभासद थिए ।

केसीको आजै अन्त्येष्टि गर्ने तयारी छ ।