ट्राफिकले काटेको जरिवाना (चिट) को पैसा तिर्न अब मोबाइलबाटै

१८ कात्तिक, काठमाण्डौ । ट्राफिक कार्यालयले कारवाहीका क्रममा काटेको जरिवाना (चिट) को पैसा तिर्न बैंकमा लाइन बस्नु नपर्ने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले अब मोवाइलबाटै यस्तो बिलको भुक्तानी गर्न सकिने व्यवस्था गन लागेको छ । कारवाहीमा परेका आम सवारी चालकले बैंकमा गएर लाइन बसेर रकम भुक्तानी गर्नुपर्ने झन्झट अन्त्य गर्दै महाशाखाले मोवाइलबाटै रकम भुक्तानी गर्न सकिने राम्रो कामको सुरुवात गर्न लागेको हो ।

अबको १ महिनामा यो सुविधा सुरु हुनेछ । यसबाट मादक पदार्थ सेवन (मापसे)मा परेका तथा अन्य अन्य कारवाहीमा परेका सवारी चालकले बैंकसम्म पुगेर रकम भुक्तानी गर्नुपर्ने छैन् ।

जनतालाई झण्झटबाट मुक्त गर्न यो व्यवस्था गर्न लागिएको महाशाखाका प्रमुख एसएसपी भीम ढकालले बताए । उनका अनुसार छिट्टै सवारी चालकले तिरेको राजस्व सरकारको राजस्व खातामा जम्मा हुने गरी मोवाइलबाटै पैसा तिर्नेगरी विद्युतीय सेवा सुरु गर्न लागिएको छ । त्यसका लागि प्रणालीमा केही प्राविधिक कुराहरु मिलाउनुपर्ने जनाइएको छ ।