आज २४ घन्टामा थप २८२४ जना संक्रमित पुष्टि

१६ कात्तिक, काठमाडौं । आज थप २८२४ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०२३ जनाको पीसीआर परीक्षण गर्दा २८२४ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६२२ जनामा कोरोना भाइरस संक्रमण भएको छ । काठमाडौं जिल्लामा १३६२, भक्तपुरमा ९६ र ललतिपुरमा १६४ जना संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा ३६२० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ३४ हजार ८४२ जना पुगेको छ ।

कहाँ कति संक्रमित ?

त्यस्तै मोरङमा २१२ जना, कास्कीमा १५५, रुपन्देहीमा ९१, सुनसरीमा ८०, झापामा ७५, कैलालीमा ४७, चितवनमा ३५, सोलुखुम्बुमा ३३, बाँकेमा ३२ र नवलपरासी पूर्वमा ३० जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

मकवानपुरमा २६, धनुषा र तनहुँमा २५-२५, सुर्खेतमा २४, बर्दियामा २२, कपिलवस्तुमा १८, उदयपुर र सप्तरी १६-१६, धादिङमा १५, सिराहा र लमजुङमा १३-१३ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै रौतहटमा १२, गुल्मीमा ११, महोत्तरी र नवलपरासीमा १०-१०, इलाम र बाग्लुङमा ८-८ जना, धनकुटा, काभ्रे, म्याग्दी, स्याङ्जा र कञ्चनपुरमा ७-७, सर्लाही र दैलेखमा ६-६, खोटाङ, सिन्धुपाल्चोक र पर्वतमा ५-५ जनामा संक्रमण देखिएको छ ।

नुवाकोट र गोरखामा ४-४ जना, पर्सा, दोलखा, दाङ र रुकुम पश्चिममा ३-३ जना, भोजपुर, रामेछाप, सिन्धुली, जाजरकोट र डडेल्धुरामा २-२ जना र ओखलढुंगा, संखुवासभा, बारा, रसुवा, प्युठान, कालीकोट, जुम्ला, डोल्पा, दार्चुला, बझाङ र बैतडीमा १-१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।