कोभिड–१९ को दैनिक प्रेस ब्रिफिङ नहुने, आइतबार र बुधबार मात्र

१२ कात्तिक, काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार अब कोभिड–१९ को दैनिक प्रेस ब्रिफिङ नगर्ने बताएको छ ।

दसैँको समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ आज बुधबार भएको छ । भोलि बिहीबारदेखि भने दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

उनका अनुसार अब सातामा दुई दिन आइतबार र बुधबार कोभिड–१९ प्रेस ब्रिफिङ हुनेछ । अरु दिनको सूचना मन्त्रालयको वेबसाइट, भाइबर गु्रप र सामाजिक सञ्जालमा दिइने बताएका छन् ।