कोरोना भाइरस संक्रमणका कारण आज थप १३ जनाको मृत्यु

१२ कात्तिक, काठमाण्डौ । कोरोना भाइरस संक्रमणका कारण थप १३ जनाको मृत्यु भएको छ ।

रुपन्देहीका ३, काठमाडौं, ललितपुर र पाल्पाका २–२ जना, झापा, सिन्धुपाल्चोक, धादिङ र भक्तपुरका १–१ जनाको मृत्यु भएको सम्बन्धित अस्पताल र प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

मेचीनगर नगरपालिका– ६ काकडभिट्टा झापाकी ७९ वर्षकी महिलाको बुधबार बिर्तामोडको बीएण्डसी अस्पतालमा मृत्यु भएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि यसै साता अस्पताल भर्ना भएकी उनमा कात्तिक १० गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

नागार्जुन काठमाडौंकी ७० वर्षकी महिलाको कात्तिक १० गते मृत्यु भएको छ । कात्तिक ४ गते कोरोना संक्रमण पुष्टि भएकी उनी निमोनिया र मुटुको समस्या लिएर त्यसै दिन अस्पताल भर्ना भएकी थिइन् । उनमा उच्च रक्तचाप र मधुमेहको समस्या पनि
थियो ।

बाफल काठमाडौंका ५७ वर्षका पुरुषको बुधबार मृत्यु भएको छ । निमोनिया र शक भई कात्तिक ५ गते अस्पताल भर्ना भएका उनमा कात्तिक ६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

ललितपुरका ७५ वर्षका पुरुषको कात्तिक १० गते मृत्यु भएको छ । निमोनिया, स्वासप्रश्वास र मुटुको समस्या भई कात्तिक १ गते अस्पताल भर्ना भएका उनमा असोज २७ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा उच्च रक्तचाप, मधुमेह र स्ट्रोकको समेत समस्या थियो ।

ललितपुरकी ८२ वर्षकी महिलाको कात्तिक ९ गते मृत्यु भएको छ । निमोनिया र मुटुको समस्या भई कात्तिक १ गते अस्पताल भनाए भएकी उनमा असोज ३० गते नै कोरोना संक्रमण भएको थियो । उनमा उच्च रक्तचाप र दमको समस्या थियो ।

सिन्धुपाल्चोककी ३९ वर्षकी महिलाको कात्तिक ११ गते मृत्यु भएको छ । निमोनिया भई असोज २९ गते अस्पताल भर्ना भएकी उनमा कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी मिर्गौलाको बिरामी थिइन् ।

धादिङका ५० वर्षका पुरुषको कात्तिक ११ गते मृत्यु भएको छ । कात्तिक २ गते कोरोना संक्रमण पुष्टि भई कात्तिक ४ गते अस्पताल भर्ना भएका उनी मिर्गौलाको बिरामी थिए ।

भक्तपुरकी ५७ वर्षकी महिलाको कात्तिक १० गते मृत्यु भएको छ । असोज २८ गते अस्पताल भर्ना भएकी उनमा त्यसै दिन कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा उच्च रक्तचाप र मधुमेहको समस्या थियो ।

सिद्धार्थनगर नगरपालिका–३, रुपन्देहीका ५२ वर्षका पुरुषको भीम अस्पताल भैरहवामा मृत्यु भएको छ । ९ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका उनी सोही दिन अस्पताल भर्ना भएका थिए ।

तिलोत्तमा नगरपालिका–१४, रुपन्देहीकी ७१ वर्षीया महिलाको बुधबार बिहान कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । उनी क्यान्सर रोगबाट पीडित थिइन् ।

तिलोत्तमा नगरपालिका–३, रुपन्देहीका ७४ वर्षीय पुरुषको लुम्बिनी मेडिकल कलेज, तानसेनमा मृत्यु भएको छ । बुटवलको कोरोना अस्पतालमा भेन्टिलेटर नपाएपछि उनलाई ४ असोजमा मेडिकल कलेज लगिएको थियो ।

लुम्बिनी प्रादेशिक अस्पतालमा मंगलबार राति मृत्यु भएका तानसेन नगरपालिका–२, पाल्पाका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भएपछि उनी ११ कात्तिकमा अस्पताल भर्ना भएकी थिइन् ।

पूर्वखोला गाउँपालिका–३, पाल्पाकी ६९ वर्षीया महिलाको लुम्बिनी मेडिकल कलेज, तानसेनमा मृत्यु भएको छ । दुर्घटनामा घाइते भई उपचारका लागि मेडिकल कलेज गएकी थिइन् ।