आज थप १९५४ जना कोरोना भाइरसका संक्रमित पुष्टि

१२ कात्तिक, काठमाण्डौ । आज देशभरमा थप १९५४ जनामा कोरोना भाइरसका संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ८२४८ नमुना परीक्षण गर्दा ७५८ महिला र ११९६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ ।

उनीहरुमध्ये ८८७ जनाको मृत्यु भएको छ भने १ लाख २१ हजार ८२४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २९८१ जना संक्रमणमुक्त भएका हुन् ।

संक्रिय संक्रमितमध्ये ३१ हजार ९३४ होम र ७ हजार ७०९ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २९० जनाको आईसीयू र ७२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामा ८४३ नयाँ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ६९६ जना, ललितपुरका ११८ र भक्तपुरका २९ जना छन् ।

मोरङका २५३ जना, सुनसरीका २०३, चितवनका १६३, कास्कीका ९९, झापाका ७८, नवलपुरका ५०, मकवानपुरका ३९, महोत्तरीका २७, पर्साका २०, स्याङ्जाका १३, सप्तरी र गोरखाका ११–११ जना, उदयपुर र तनहुँका १०–१० जना, सोलुखुम्बु र सिराहाका ९–९ जना तथा धनुषा र काभ्रेका ८–८ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै रुपन्देहीका ७ जना, सर्लाही, बर्दिया, दैलेख र कैलालीका ६–६ जना, नुवाकोटका ५, संखुवासभा, बाग्लुङ र अछामका ४–४ जना, खोटाङ, तेह्रथुम, बारा, रौतहट, सिन्धुपाल्चोक, गुल्मी र दाङका ३–३ जना, इलाम, धादिङ, लमजुङ र कञ्चनपुरका २–२ तथा ओखलढुंगा, भोजपुर, पर्वत, मुस्ताङ, नवलपरासी, पाल्पा र बाँकेका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।