मुलुकभर थप ५७० जना कोरोना भाइरसका संक्रमित भएको पुष्टि

११ कार्तिक, काठमाण्डौ । आज थप ५७० जनामा कोरोना संक्रमण भएको छ । मुलुकभर २७२५ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

मन्त्रालयका अनुसार १ लाख ६० हजार ४०० संक्रमित संख्या पुगेको बताएको छ । संक्रमितमध्ये हालसम्म १ लाख १८ हजार ८४३ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको छ ।

संक्रमितमा २११ जना महिला र ३५९ जना पुरुष रहेका छन् । आजै देशभर ३१६८ जना कोरोना निको भएर घर फर्केका छन् भने १४ जनाको मृत्यु भएको छ ।

यो संगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८७६ पुगेको छ । यस्तै सक्रिय संक्रमित ४० हजार ६३१ जना रहेका छन् ।