आज मुलुकभर कोरोना भाइरसका २८५६ जना संक्रमित थपिए

९ कात्तिक, काठमाण्डौ । आज देशभर २ हजार ८५६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको परीक्षण गरिएको थियो । योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । सक्रिय संक्रमित ४५ हजार ५७२ जना रहेको मन्त्रालयले जनाएको छ ।

आजै ३ हजार ३३६ जना निको भएका छन् भने ५ जनाले ज्यान गुमाएका छन् । यो सँगै मृत्यु हुनेको संख्या ८५७ पुगेको छ ।